काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको दाबी गरेका छन् । प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा उप्रेतीले हेलिकोप्टरबाट मात्रै पुग्न सकिने केही स्थानबाहेक अन्य प्रभावित क्षेत्रमा राहत पुर्याइएको बताए । उनका अनुसार अहिले हेलिकोप्टरलाई उद्धार तथा खोजी कार्यमा प्राथमिकता दिइएकाले हवाई मार्गबाट