काठमाण्डु– कुनै समय काठमाण्डु र तिब्बतबीचको व्यापारिक पुलको भूमिकामा रहेको ऐतिहासिक त्रिशुली बजार १० भदौको भोटेकोशी–त्रिशुली बाढीले बगरमा परिणत भएको छ । बजारका पसल छैनन्, घर छैनन्, पुरानो चहलपहल छैन । छ त केबल बगर र पुरानो धार छाडेर बजारको बीचबाट बगिरहेको त्रिशुली । त्रिशूली बजार केवल एउटा स्थानीय बजारको इतिहास होइन । काठमाण्डु उपत्यकाका