काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधि पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले बाढी प्रभावित व्यवसायीलाई राहत, कर तथा भन्सार महसुल छुट, कर्जा पुनरसंरचना, सहुलियत ब्याजदर र बीमा दाबी भुक्तानीमा सहजता दिने निर्णय गरेको हो । सरकारका अनुसार बाढीबाट पूर्ण रूपमा