काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकाले बाढी प्रभावित नगरवासी नागरिकहरुका लागि राहत प्याकेजको घोषणा गरेको छ । नगरपालिकाले आगामी कार्यपालिका बैठकबाट अनुमोदन हुने गरी बाढीबाट घरबार गुमाएका, मृतक र घाइते तथा प्रभावित परिवारका लागि लक्षित गर्दै राहत प्याकेजको घोषणा गरेको हो । जसअनुसार बाढी प्रभावित नागरिकका प्रतिपरिवार २५ हजारका दरले आर्थिक सहायता उपलब्ध गराइने बताइएको छ