‘नवनी संलाप’ मुक्तकीय संवाद सङ्ग्रह लोकार्पण

  • सोमबार २२ भौ २०८३ ०१:२७ PM
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ को अनुदानमा कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित मुक्तकीय संवाद सङ्ग्रह ‘नवनी संलाप’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। गोकर्णेश्वर नगरपालिका–६ का साहित्यकार नवराज पुडासैनी ‘ज्योत्स्ना’ र साइप्रसमा कार्यरत साहित्यकार निर्मलादेवी तिम्सिना ‘कान्छी’ बीच सामाजिक सञ्जालमार्फत भएका मुक्तकीय संवादहरूको सङ्ग्रहका रूपमा ‘नवनी संलाप’ प्रकाशित गरिएको हो। कृतिको लोकार्पण तथा कार्यक्रमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं गोकर्णेश्वर नगरपालिका–६ का वडा अध्यक्ष नवराज लामाले गर्नुभएको थियो। अभिनव साहित्य समाज, स्रष्टा पदयात्रा नेपाल तथा कल्पतरु प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष विमल अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उमेश तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो। समारोहमा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा, प्रा