ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’

  • सोमबार २२ भौ २०८३ ०६:३६ AM
मनिष बस्नेत । उनी कक्षा ५ का विद्यार्थी हुन् । सामान्य दिन हुन्थ्यो भने यतिबेला मनिष विद्यालयको पोशाकमा सजिएर कक्षाकोठाको बेन्चमा साथीहरूसँग गणितका हिसाव जोड्दै वा नेपालीका कविता वाचन गर्दै हुन्थे ।