सडक नै प्रतिक्षालय, सिलिण्डर नै कुर्सी [तस्बिरहरु]

  • सोमबार २२ भौ २०८३ ०७:०३ AM
काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमवार मध्यान्ह पुग्दा जो–कोहीको पनि मन अमिलो हुन्थ्यो । चर्को गर्मी र तातो घामले सडकको कालोपत्रे तातेर राप उडिरहेको थियो, तर त्यही सडकमा सयौँ मिटर लामो लाममा उभिएका थिए– हातमा रित्तो रातो सिलिण्डर बोकेका आम नागरिकहरू । न अनुहारमा छाँटकाँट थियो, न शरीरमा आराम । थियो त केवल