प्रिय कर्मचारी, तिमी अप्रिय नहुनु तिमी नै राष्ट्रको पहरेदार हौ तिमी नै सुशासनको आधार हौ तिमी विना न समृद्धि आउँछ न बेथितिले निकास पाउँछ । प्रिय कर्मचारी तिमी बेथितिको पर्याय नहुनु तिमी जनताको सेवक हौ कानूनको रक्षा कवच हौ दुराचार र विकृति विरूद्ध लड्नु छ कोहीसँग नझुकी अघि बढ्नु छ । प्रिय कर्मचारी तिमी मुकदर्शक नहुनु कसैको गुलामी नबन्नु जनताको सच्चा सलामी बन्नु नराख्नु कोहीसँग आग्रह पुर्वाग्रह गरेर देखाउनु विभेद विरूद्ध विद्रोह ।।। प्रिय कर्मचारी तिमी अनुकरणीय हुनु तिमि नै समाजको अग्रज हौ तिमी नै सभ्यताको जग हौ तिमिले अरूलाई बाटो देखाउनुपर्छ विश्वसामु धरतिको नाम लेखाउनुपर्छ। प्रिय कर्मचारी तिमी सृजनशील हुनु तिम्रै अग्रसरतामा बिहानी आओस् मन मस्तिस्कमा खुशीयाली छाओस् के पाएँ हैन के दिएँ भनेर हेर्नु यहि हो अवसर देशको मुहार फेर्नु । प्रिय कर्मचारी तिमी अप्रिय नहुनु तिमी बेथितिको पर्याय नहुनु तिमी मुकदर्शक नहुनु तिमि अनुकरणीय हुनु तिमी सृजनशील हुनु तिमी सबैको प्रिय हुनु ।