काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३५ अर्ब रुपैयाँको दुई महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत उठाउने भएको छ । केन्द्रीय बैंकले भदौ २२ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने जनाएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले सहभागी हुन पाउनेछन् । राष्ट्र