बर्दीबास उद्योग वाणिज्य संघद्वारा सदस्य व्यवसायीलाई निःशुल्क दुर्घटना सुरक्षा

  • सोमबार २२ भौ २०८३ ०९:५१ AM
महोत्तरी। बर्दीबास उद्योग वाणिज्य संघले सदस्य व्यवसायीहरूको सामाजिक तथा पारिवारिक सुरक्षालाई लक्षित गर्दै निःशुल्क दुर्घटना सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। संघमा नयाँ सदस्यता लिने तथा सदस्यता नवीकरण गर्ने व्यवसायीहरूले कुनै अतिरिक्त शुल्क नतिरी यो दुर्घटना सुरक्षा सुविधा प्राप्त गर्नेछन्। संघ र ईसेवाबीच भएको सहकार्यअन्तर्गत सञ्चालनमा ल्याइएको यस योजनाले व्यवसाय सञ्चालनका क्रममा आइपर्न सक्ने आकस्मिक दुर्घटनाबाट हुने आर्थिक क्षतिलाई कम गर्न सहयोग पुर्‍याउने संघले जनाएको छ। सदस्य व्यवसायीहरूलाई व्यावसायिक सेवासँगै सामाजिक सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले यो योजना अघि बढाइएको हो। योजनाअनुसार दुर्घटनामा परी अस्पतालमा उपचार गराउनुपर्ने सदस्यले अधिकतम रु