इनरुवा । पूर्वी पहाडी जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि भएको छ । आइतबार राति ८ः१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोकामध्ये २७ वटा ढोका खुल्ला गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको छ । सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि कोशी ... The post सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २७ वटा ढोका खोलियो appeared first on Kalika Khabar.