धनगढी। कैलालीसहित सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ। वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ। कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि भदौ २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सोहीअनुसार आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। कार्यालय प्रमुख साहले भने, ‘आज दिउँसो हिमाली क्षेत्रमा थोरै, पहाडी र तराईका अधिकांश क्षेत्रमा मेघगर्जन ... The post सुदूरपश्चिममा आगामी तीन दिनसम्म वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह appeared first on Kalika Khabar.