जातीय विभेद अन्त्य गर्न पाँचथरको घोषणापत्र जारी

  • सोमबार २२ भौ २०८३ ०३:३० AM
पाँचथर । पाँचथरका राजनीतिक दल एवं सरोकारवालाले १० बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेद अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । मानवअधिकार मञ्च नेपाल, इलामको आयोजना तथा जिल्ला समन्वय समिति पाँचथरको समन्वयमा फिदिममा सञ्चालित दुईदिने कार्यशालाबाट उक्त घोषणापत्र जारी गरिएको हो । पाँचथरका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, नागरिक सङ्घसंस्थाका प्रतिनिधि, अधिकारकर्मी,