अस्ट्रेलिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगका लागि अस्ट्रेलियाको वाल्चामा रहेका नेपाली समुदायले आयोजना गरेको सहयोग अभियानबाट करिब २७ हजार अस्ट्रेलियन डलर संकलन भएको छ। नेपालमा बाढीबाट ठूलो जनधनको क्षति भएको खबर पाएपछि वाल्चामा रहेका नेपालीहरूले मातृभूमिमा रहेका परिवार, आफन्त तथा साथीभाइको पीडामा आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले अभियान सुरु गरेका