सर्लाहीमा चोरीका गरगहना खरिद गरेको आरोपमा एक ज्वेलर्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित मौजे ज्वेलर्सका सञ्चालक विश्वनाथ साह सोनारलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । चोरीको घटनामा पक्राउ परेका एक व्यक्तिले दिएको बयानका आधारमा अनुसन्धान गर्दै साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार चोरी