काठमाण्डु – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध भएका छन् । बाढी र पहिरोले उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ । कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरोध भएका छन् भने केही ठाउँमा एकतर्फी सुचारु वा समय तोकेर मात्र सवारीसाधन सञ्चालनमा ल्याइएको छ