काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकाको सम्झनामा आज सोमबार राष्ट्रिय शोक मनाइँदै छ । १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम आज राष्ट्रिय शोक मनाइन लागेको हो । त्यस दिन बसेको मन्त्रिपरिषद बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको