नबिल बैंकले शेयरधनीलाई १५.७० प्रतिशत लाभांश दिने

  • आइबार​ २१ भौ २०८३ ०५:१५ PM
काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना शेयरधनीलाई १५.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले प्रस्ताव गरेको कुल लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र १०.७० प्रतिशत नगद लाभांश रहेको छ। बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गरी आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको जनाइएको छ। प्रस्तावित लाभांश नियामकीय स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्। बैंकका अनुसार लाभांश वितरणको प्रस्तावले शेयरधनीलाई प्रतिफल उपलब्ध गराउनुका साथै बैंकको पूँजी तथा वित्तीय संरचनालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। The post नबिल बैंकले शेयरधनीलाई १५.७० प्रतिशत लाभांश दिने appeared first on Kalika Khabar.