ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भोटेकोसी बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे छलफल भएको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आईतबार बैठक बसेको हो । भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको आकस्मिक भीषण बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा पीडितसँग भेटघाट र छलफल गरेपछि