काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आईतबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका