काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि खोज, राहत र उद्धार चलिरहेकै बेला सरकारले रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारको सरुवा गरेको छ। परियारले दुई महिना अगाडि मात्रै रसुवाको प्रजिअको जिम्मेवारी सम्हालेका थिए। तर गृहमन्त्री सुधन गुरुङले परियारलाई मन्त्रालय तानेर कमल प्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन्। पाण्डे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशकका रुपमा कार्यरत थिए। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सीडीओ परियारको सरुवा भएको विषयले चर्चा चलेको छ।