काठमाडौँ । रसुवा भोटेकोशी बाढीको विपदमा परेका व्यक्तिको पीडामा साथ दिन काठमाडौँ उपत्यका एकै ठाउँमा छ भन्ने सन्देश दिन आज काठमाडौँमा नागरिक ऐक्यवद्धता र्याली आयोजना गरिएको छ । बाढीमा परेर मृत्यु वरण गरेका व्यक्तिहरुलाई सामुहिक सम्झना, श्रद्धाञ्जली र समवेदना प्रकट गर्दै दुःखमा परेकाहरुको सान्त्वानाका लागि र्याली आयोजना गरिएको हो । स्थानीयको योजनामा सुरु भएको र्यालीमा ठुलो संख्यामा मानिसहरु सहभागी हुनुहुन्थ्यो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले र्यालीमा पुगेर ऐक्यवद्धता जनाउनुभएको थियो । ऐक्यवद्धता जनाउन र्यालीमा जनजाती अधिकारकर्मी मल्ल के