बाढीको संकटबीच रसुवाका सीडीओ फेरिए, कमलप्रसाद पाण्डे नयाँ प्रमुख जिल्ला अधिकारी

  • आइबार​ २१ भौ २०८३ ०१:४३ PM
रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारको सरुवा भएको छ। गृह मन्त्रालयले परियारलाई मन्त्रालयमा तानेर उनको स्थानमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाएको हो। आइतबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार पाण्डेलाई रसुवाको नयाँ सीडीओको जिम्मेवारी दिइएको हो। परियारले रसुवाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालेको करिब दुई महिना मात्रै