ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचाररत घाइते कर्मचारी तथा उनीहरूका परिवारसँग भेट गरेका हुन्। मन्त्री श्रेष्ठले त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका