बाढीले ताँदी नदी पुल भत्काएको ठाउँमा सेनाले जोड्दैछ बेलीब्रिज, कहिले देखि सञ्चालनमा आउँछ ?

  • आइबार​ २१ भौ २०८३ ०५:०२ PM
नुवाकोट । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ । नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो । पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् । बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबैगरी करिब १०० बटामा क्षति पुगेको थियो । सेनाले आवश्यक सबै उपकरण र सामाग्री उपलब्ध भए तीन दिनमै काम सम्पन्न गर्न सकिने जनाएको छ। तर यहाँ भने केही दिन लाग्न सक्ने सैनिक अधिकारीहरूले बताएका छन्। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले एक साताभित्र बेलीब्रिज तयार भइसक्ने गरी काम भइरहेको बताए।  'सेनाले काम सुरु गरिसकेको छ। हामी ढिलोमा पनि एक साताभित्रै यो पुल सञ्चालनमा आउनेछ भनेर आशावादी छौँ,' उनले भने।