राप्रपा महामन्त्री शरदराज पाठकद्वारा पार्टी परित्याग

  • आइबार​ २१ भौ २०८३ ११:५० AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै आजैबाट पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । पाठकले पार्टीको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव देखिएको उल्लेख गरेका छन् । पार्टीमा आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदै गएको उनको भनाइ छ । उनले भनेका छन्, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव छ । पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक ... The post राप्रपा महामन्त्री शरदराज पाठकद्वारा पार्टी परित्याग appeared first on Kalika Khabar.