काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाविरोधी अभियानपछि गृह मन्त्रालयले कर्जा असुलीमा जाने बैंकका कर्मचारीमाथि कारबाही गर्न सकिने गरी देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिएको छ । सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’बीच भएको सहमति कार्यान्वयन गर्ने क्रममा गृह मन्त्रालयले यस्तो परिपत्र गरेको