काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । पार्टीका नेताहरूलाई म्यासेजमार्फत उनले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । उनले म्यासेजमा लेखेका छन्, ‘पछिल्लो केही समयदेखिको गम्भीर आत्मचिन्तनपश्चात् पार्टीबाट बिदा लिने निर्णयमा आइपुगेको छु । पार्टीको वर्तमान र आगामी दिशाबारे मेरा विमतिहरू राजनीतिक तहका हुन्, व्यक्तिगत कसैसँग केही तिक्तता