नेपाल दलित मोर्चाको कोशी भेलाबाट ९ बुँदे प्रस्ताव पारित, के छन् प्रस्तावमा ?

  • आइबार​ २१ भौ २०८३ ०४:१२ PM
सुनसरी । नेपाल दलित मोर्चाले कोशी प्रदेशका १४ वटै जिल्लामा रहेका दलित भूमिहीन, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको पुनर्स्थापना गर्न माग गरेको छ।  मोर्चाको इटहरीमा बसेको एकता बैठकले संविधानको व्यवस्थाबमोजिम दलित भूमिहीन, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको यथासक्य चाँडो पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेको हो। बैठकले हालै कोशी प्रदेश सभामा पेश भएको दलित अधिकार विधेयक तत्काल पारित गरी सो विधेयकले कल्पना गरेको दलित विकास समिति गठन गर्न र दलित सशतिकरण र विकास सम्बन्धी कार्यक्रम संचालन गर्न समेत माग गरेको छ।  त्यस्तै, दलित समुदायको गरिबी, शोषण र बहिष्करण लगायत बहुआयामिक समस्याको एकसाथ हल गर्ने एकीकृत योजना बनाई कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ।  बैठकले देशका विभिन्न भागमा दलित समुदायमाथि भएका जातीय हिंसा र विभेदका घटनामा निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।  बैठकबाट पारित समसामयिक प्रस्तावहरू १