बालेनलाई गगनको सुझावः सचिवालयको भर नपर्नुस्, विज्ञसँग परामर्श गर्नुस्

  • आइबार​ २१ भौ २०८३ १०:२१ AM
काठमाण्डु– कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई विदेश भ्रमणको तयारी गर्दा आफ्नै सचिवालयको भर नपरी विज्ञ र अनुसन्धानकर्तासँग परामर्श गर्न सुझाव दिएका छन् । आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा नेपालका विषय प्रभावकारी ढंगले उठाउन पर्याप्त अध्ययन र तयारी गरेर जान प्रधानमन्त्री साहलाई आग्रह गरे