भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

  • आइबार​ २१ भौ २०८३ १०:४४ AM
काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्यसम्बन्धी समस्या तथा आर्थिक भारसमेत व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई एक वर्षसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो