नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्यले रसुवामा भोटेकोशी बाढीबाट सिर्जित संकट समाधानका लागि सरकार गम्भीर भएर उद्धार, राहत तथा पुनर्स्थापनाका काम अघि बढाउनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सांसद आचार्यले रसुवाको पछिल्लो अवस्था, उद्धारमा देखिएका चुनौती र दीर्घकालीन समाधानका उपायबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।