काठमाण्डु– बाढी प्रभावित नुवाकोटमा राहत सामग्रीको कुनै अभाव छैन । देशभित्र र विदेशमा रहेका नेपालीले आफ्नो गाँस काटेर पठाएको राहतको थुप्रो छ । तर, त्यही राहत लिन पीडित भने प्रशासनले तोकेको झण्झटिलो प्रक्रियाका कारण राहत पाउनबाट बञ्चित छन् । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नुवाकोटमा ठूलो संख्यामा मानिस विस्थापित भएका