नुवाकोट– गत १० भदौमा त्रिशूलीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित ज्येष्ठ नागरिक आश्रमसमेत अछुतो रहेन । आश्रमभित्र बाढी पस्दा ६ जनाको मृत्यु भयो । तीमध्ये एक जनाको मात्र शव फेला परेको छ । गम्भीर घाइते ५ जनाको काठमाण्डुस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचारपछि निको भएका सात जनालाई काठमाण्डु म्हेपीस्थित सामुदायिक