गोरखा– जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमाल आरोहण र लार्केपास जाने पदयात्रीलाई तत्काल यात्रा स्थगित गर्नआग्रह गरेको छ । जिल्लाको चुमनुव्री क्षेत्रमा बाढीले पदयात्रामा पर्ने पुलहरू बगाएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा नजान सचेत गराएको हो । वर्षासँगै आइतबार बिहान चुमनुव्री गाउँपालिका–४ नामरुङमा बाढी आएको थियो । बाढीले पदयात्रा तथा स्थानीय