रसुवागढी जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा श्रमिकको खोजी अब आयोजनाको संरचनाभन्दा बाहिरी क्षेत्रमा केन्द्रित गरिएको छ । सम्भावित रूपमा बाढीबाट बच्न माथिल्लो भूभाग वा जंगलतर्फ पुगेका हुन सक्ने भएकाले त्यस्ता क्षेत्रमा दक्ष रक क्लाइम्बरको टोली परिचालन गरिएको हो । आयोजनाको विद्युत्गृहभित्र शनिबार गरिएको खोजीबाट कुनै सम्पर्कविहीन व्यक्ति भेटिएनन् । त्यसपछि कम्पनीले घट्टेखोला क्याम्प