पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण

  • आइबार​ २१ भौ २०८३ ०८:५६ AM
काठमाडौँ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई राहत सामग्री उपलब्ध गराएका छन् । पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र उहाँको समूहले नुवाकोटको विदुर नगरपालिका-१० स्थित सुन्दरी केउरेनी माध्यामिक विद्यालयमा आश्रय लिइरहेका बेत्रावती, ढुङ्गे, त्रिशूली र भैँसे क्षेत्रका बाढीपीडित ७० पारिवारलाई ‘स्लिपिङ ब्याग’ (सुत्ने झोला) र ज्याकेट वितरण गरेका हुन् । त्यस्तै विदुर नगरपलिका महामण्डलमा आश्रय लिइरहेका करिब १०० परिवारलाई ज्याकेट वितरण गरिएको सो समूहका सदस्य कृष्णमान प्रधानले जानकारी दिए । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भोटेकोशीको बाढीबाट प्रभावित त्रिशूली, बट्टार र देवीघाट क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । त्यसक्रममा उनले कसैले कल्पना ... The post पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण appeared first on Kalika Khabar.