काठमाडौं । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । यसै