पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण

  • आइबार​ २१ भौ २०८३ ०८:५६ AM
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकलाई राहत सामग्री उपलब्ध गराएका छन् । पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र उनको समूहले नुवाकोटको विदुर नगरपालिका–१० स्थित सुन्दरी केउरेनी माध्यमिक विद्यालयमा आश्रय लिइरहेका बेत्रावती, ढुङ्गे, त्रिशूली र भैँसे क्षेत्रका बाढीपीडित ७० परिवारलाई ‘स्लिपिङ ब्याग’ (सुत्ने झोला) र ज्याकेट वितरण गरेका हुन् । त्यस्तै विदुर नगरपालिका