भोटेकोशी बाढीपछि के गर्दैछ नेपाल प्रहरी ?

  • आइबार​ २१ भौ २०८३ ०८:३६ AM
काठमाडौं । भोटेकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ । रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै सूचना संकलन एवं विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधनस्रोत, दक्ष जनशक्ति एवं प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी तटीय क्षेत्रसम्म प्रहरी अहोरात्र खटिइरहेको छ ।