एजेन्सी । युद्धका कारण सुडानको विद्युत् प्रणाली जर्जर बन्दै गएपछि लामो समयसम्म हुने विद्युत् कटौतीबाट जोगिन सर्वसाधारण सौर्य ऊर्जातर्फ आकर्षित हुन थालेका छन् । तर, सौर्य प्यानल, ब्याट्री र इन्भर्टर जडानको उच्च लागतका कारण अधिकांश परिवारका लागि यो विकल्प अझै पहुँचबाहिर छ । राजधानी खार्तुम नजिकैको ओम्दुरमानमा तीन छोराछोरीसँग बस्दै आएकी ३१ वर्षीया गृहिणी रान्दा