काठमाडौँ । थाइल्यान्डबाट डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालय हुँदै इटहरीमा पुग्नेगरी मगाइएको गाँजा कारोबारमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ९ मा इटहरी पठाउन लागिएको पार्सलमाथि शङ्का लागेपछि चेकजाँच गर्दा पार्सलमा ९१० ग्राम थाइल्यान्डबाट आएको गाँजा भेटिएको थियो । त्यसलाई कन्ट्रोल डेलिभरी गरेर इटहरी पठाइएको र रिसिभ गर्न आएका दुई जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित मिलनपथमा बस्ने १९ वर्षीया जेसिका तामाङ र सोही ठाउँमा बस्ने धनकुटाको छ थर जोरपाटी घर भएकी २५ वर्षीया तारा मगर छिन् । ... The post थाइल्यान्डबाट हुलाकमार्फत मगाइएको गाँजासहित ४ जना पक्राउ appeared first on Kalika Khabar.