अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • आइबार​ २१ भौ २०८३ ०७:१३ AM
एजेन्सी । इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको ज्वालामुखीय खरानीका कारण जकार्तास्थित सोकार्नो–हाट्टा अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा रद्द गरिएका छन् । इन्डोनेसियाको भू–गर्भ तथा ज्वालामुखीसम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक क्राकाताउमा बिहान ३ः५३ बजे करिब ३० सेकेन्डसम्म विस्फोट भएको थियो । ज्वालामुखीको निगरानी क्यामेरामा विस्फोटसँगै लाभाको ज्वाला निस्किएको देखिएको थियो