काठमाडौँ। पर्पल फाउण्डेसनले नुवाकोटका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रभावित ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र बालबालिकालाई माया र साथ बाँडेको छ। फाउण्डेसनले विदुर नगरपालिकाको चन्द्रज्योति स्कुल, आयुर्वेदिक अस्पताल र कृष्ण प्रणामी मन्दिरको भवनमा सञ्चालित होल्डिङ सेन्टरमा पुगेर ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र बालबालिकालाई भेटेको हो। फाउण्डेसनले ८० जना सुत्केरी तथा गर्भवती, ८० जना ज्येष्ठ नागरिक, ३८ जना बालबालिकाहरूलाई भेटेर माया र साथ बाँडेको छ। उनीहरूलाई अत्यावश्यक सामाग्रीहरू उपलब्ध गराइएको फाउण्डेसनले जनाएको छ। बाँकी रहेका सामाग्रीहरू भने स्थानीय महिलाहरूको संस्थालाई हस्तान्तरण गरेको छ। फाउण्डेसनले पीडितको वास्तविक पहिचान, पुनर्स्थापना, बालबालिकाको शिक्षा, महिलाहरूको विशेष र फरक आवश्कयताका बारेमा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ। फाउण्डेसनकी निर्देशक सिर्जना काफ्लेले भनिन्, 'हामीले केही अत्यावश्यक सामाग्रीहरू वितरण गरेका छौँ। तर त्यो राहत होइन, त्यो हाम्रो माया र साथ हो। उहाँहरूलाई यो बेला विशेष केयर र सुरक्षा चाहिएको छ। तर त्यो सरकारको तर्फबाट दिइरहेको अवस्था देखिदैन।' उनले बाढीपीडितहरूलाई संरक्षण दिन तयार गरिएका होल्डिङ सेन्टरहरूमा ज्येष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला र बालबालिकाहरूका लागि विशेष ध्यान पुर्याउनुपर्नेमा सरकारले त्यस्तो नगरेको देखिएको बताइन्। 'यो विपद्पछिको अवस्था हो। यो बेला सबै नागरिकको संरक्षण र उद्धार जरुरी हुन्छ। तर सरकारले विशेष ख्याल गर्नुपर्ने नागरिकहरू को-को हुन्