वीरगञ्ज । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराई जुवा खेलाएको आरोपमा पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जनालाई नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा भदौ २० गते राति करिब १०ः३० बजे प्रहरीले छापा मार्दा उनीहरू नियन्त्रणमा परेका हुन्। प्रहरीका अनुसार नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो। पक्राउ परेका गाउँपालिका अध्यक्ष यादव निर्वाचित जनप्रतिनिधि हुन् भने प्रहरी निरीक्षक पौडेल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुखका रूपमा कार्यरत थिए। प्रहरी स्रोतका ... The post क्यासिनोमा जनप्रतिनिधि र प्रहरी निरीक्षकसहित ८ जना पक्राउ appeared first on Kalika Khabar.