बाजुरा । बाजुरामा हिजो राति भएको अविरल वर्षाले ठूलो क्षति पुर्याएको छ । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको हो । सडकखण्डको कारागार, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध लगायत ठाउँमा सडक माथिबाट पहिरो खसेपछि सडक अस्तव्यस्त बनेको हो । बडीमालिका–८ को राप्का, ६–को जडाङ्गामा समेत पहिरो खसेर सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सवारीसाधनको आवागमन ठप्प भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण पहिरोले मीनबहादुर थापाको भैसी गोठ पहिरोले पुरेको छ । त्यस्तै, सोही नगरपालिका–८ गडखेतमा ... The post अविरल वर्षासँगै बाजुराका विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध appeared first on Kalika Khabar.