नेपालको पहाडी उपत्यकामा बाढी आउँदा त्यसले सीमापार भारतीय रणनीतिक सोचमा प्रवेश गर्न भिसा लिनुपर्दैन । अगस्ट २६ मा भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीले पानी, ढुंगा, माटो, घर र मानवीय जीवन बगाएर ल्यायो । यसले एउटा प्रश्न पनि सीमापार पुर्यायो-जसका लागि भारतको कुनै जिम्मेवारी स्थापित भएको छैन, त्यस्तो जलवायुजन्य विपत्तिको क्षतिपूर्ति भारतसँग मागिनुपर्छ ?