मुस्ताङ । रसुवाको बाढीपहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका पार गराएर मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ । सम्बन्धित निकायका अनुसार केरुङबाट चीनको तिब्बत क्षेत्र हुँदै ढोङमसेन र लिची नाका पार गरेर कोरलासम्म ल्याइएका नेपाली नागरिक र सवारीसाधनलाई नेपाल प्रवेश गराउने क्रममा दुवै देशका अधिकारीहरूले आवश्यक सहजीकरण गरिरहेका छन् । रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन प्रभावित भएपछि कोरला अहिले नेपाल–चीन आवागमन तथा व्यापारिक विकल्पका रूपमा प्रयोग हुन थालेको हो । ... The post रसुवा र तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार appeared first on Kalika Khabar.