बाढी प्रभावित नेपाल-चीन सीमामा ठडियो नेपाली झन्डा

  • आइबार​ २१ भौ २०८३ ०४:१८ AM
काठमाण्डु – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा राष्ट्रिय झन्डा फहराइएको छ। सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोलीले नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा नाकामा नेपालको झन्डा राखेको हो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकाको ठुलो भूभाग बगाएपछि सीमाक्षेत्रमा नेपालको पहिचान देखिने कुनै संकेतसमेत थिएन । यसैलाई मध्यनजर गर्दै नेपाली सुरक्षा टोलीले सीमामा झन्डा राखेको हो