एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘पिक्याक्स माउन्टेन’ स्थित सुदृढ आणविक स्थलमा अमेरिकी सेनाले छिट्टै आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वर्तमान तनावलाई सामान्य भन्दै यसलाई कम महत्व दिने प्रयाससमेत गरे । नतान्ज प्रशोधन केन्द्र नजिकै रहेको उक्त भूमिगत स्थलमा इरानले उच्च संवर्धित युरेनियमको भण्डार सारेको